Monday, May 11

युवा संघ नेपाल सुदूरपश्चिम र अनेरास्ववियूद्वारा धनगढीमा विरोध प्रर्दशन

नेपालअखबार, धनगढी ।  युवा संघ नेपाल सुदूरपश्चिम र अनेरास्ववियूले धनगढीमा प्रर्दशन गरेको छ। नेपालीहरूलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने गिरोहलाई कारवाहीको माग गर्दै धनगढीमा प्रर्दशन गरिएको युवा संघ नेपालका प्रदेश अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो ।

धनगढीको पार्कमोड देखी एलएन चोक सम्म नारावाजीसहित युवाहरूको जुलुस कोणसभामा परिणत भएको थियो।
कोण सभालाई सम्बोधन गर्दै नेकपा ( एकीकृत समाजवादी ) कैलाली जिल्ला कमिटीका उप- सचिव दीर्घ जोशीले भ्रष्टाचारीलाई कुनै पनि बाहनामा उम्कन नदिन माग गर्नुभयो । सरकारले भ्रष्टाचारीलाई कारवाहीको प्रक्रिया अघि बढाएको भन्दै जनताले साथ दिने उल्लेख गर्नुभयो ।

Advertisement

सरकारले नेपालीहरू लाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग गरेको भन्दै तत्कालीन गृह मन्त्री बालकृष्ण खाँड, सचिव टेक नारायण पाण्डे लगाएतकालाई पक्राउ गरिसकेको छ। एमालेका सांसद टोपबहादुर रायमाझी समेत आइतबार साँझ पक्राउ परिसकेका छन् , एमाले सरकारको पालाका गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा लाई पक्राउपुर्जी जारी गरे पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपालका तत्कालीन प्रधानमन्त्री देखी ठूला नेताका श्रीमतीको नाम जोडिए पछि युवा संघ नेपाल लगायतका संगठनहरू आन्दोलनमा उत्रेका हुन् । कार्यक्रमको सञ्चलन युवा संघ नेपालका प्रदेश सचिव मोहन साउदले  गर्नुभएको थियो ।