Sunday, May 10

मेलम्चीको पानी वितरण आजदेखि दुई साता बन्द हुने

नेपालअखबार, काठमाडाैं। मेलम्ची खानेपानी आयोजनले दुई साताका लागि काठमाडौंमा पानी वितरण बन्द गर्ने भएको छ।

बाढीले क्षतिग्रस्त तुल्याइको हेडवर्क्समा उपकरण आदि राख्नका लागि पानी पथान्तरण रोकिएको छ।

Advertisement

२०७८ असार १ र साउन १६ गते भ्रेमाथाङबाट उत्पत्ति भएको भेलबाढीले मेलम्चीको बाँध क्षेत्र लगायत संरचना (हेडवर्क्स) तहसनहस बनाएको थियो। सरकारले दुई वर्षदेखि अस्थायी तवरले काठमाडौंमा पानी पथान्तरण गररिहेको छ।

बाढी लगत्तै परियोजनाले चैत मसान्तमा काठमाडौंमा पानी पठाएको थियो भनेर यस वर्ष मंसिरदेखि नै पानी आइरहेको छ।

‘अहिले पानी ल्याइरहेको प्रणालीभित्र ठुल्ठूला ढुंगा नपसोस् भनेर हामीले केही उपकरण राख्न लागेका हौं,’ पन्तले भने, ‘उपकरण राख्न करिब दुई साता लाग्छ। यो उपकरण राखेपछि हामी वर्षायाममा पनि पानी पथान्तरण गर्न सक्छौं।’

मेलम्ची खानेपानीको दातृ निकाय एशियाली विकास बैंकले हेडवर्क्स सार्न सुझाव दिइरहेको छ।

बाँध क्षेत्रको ठीक माथि पर्ने दोरिङको पहाडै पहिरोको जोखिममा रहेकाले उसले बाँध क्षेत्र त्यहाँ नबनाउन प्रारम्भिक रूपमा सुझाव दिएको परियोजनाले बताएको छ।

हेडवर्क्सबारे एशियाली विकास र परियोजनाले पनि अध्ययन गरिरहेकाले चालु अवस्थामा रहेको प्रणालीलाई नै व्यवस्थित गर्न लागिएको परियोजनाले बताएको छ।