Saturday, July 4

पूर्वसांसद आङटावा शेर्पा बाथरूममा लडेर टाउकोमा चोट

नेपालअखबार, काठमाडाैं । जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका पूर्वसांसद आङटावा शेर्पाको टाउकोमा चोट लागेको छ।

Advertisement

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै सोमबार आफैं परिसर पुगेका शेर्पालाई चोट लागेको परिसर प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।

Advertisement
Advertisement

रिजालका अनुसार उनी राति बाथरूम जाँदा लडेर टाउकोमा चोट लागेको हो। चोट लागेपछि उपचारको लागि वीर अस्पताल लगिएको थियो।

Advertisement

राति नै उपचार गरेर उनलाई परिसर फिर्ता ल्याइसकेको उनले बताए।

‘बाथरूममा लडेर सामान्य चोट लागेको छ। सोधपुछको लागि हामीसँगै हुनुहुन्छ,’ उनले भने, ‘उहाँसँग सोधपुछ गर्ने काम सकिएको छैन।’

यसअघि सोमबार परिसर प्रमुख दानबहादुर कार्कीले उनीविरूद्ध कुनै पक्राउ पुर्जी जारी नगरिएको बताएका थिए। आफूविरूद्ध पनि पुर्जी जारी भएको भन्ने समाचारहरूमा सुनेपछि आफैं उपस्थित भएको उनले प्रहरीलाई बताएका थिए।

प्रहरीले शेर्पालाई रातभर कार्यालयमै राखेर सोधपुछ गरेको हो। आज पनि उनीसँग थप सोधपुछ हुने एसपी रिजालले बताए।

शेर्पा २०७० को संविधान सभामा नेपाली कांग्रेसबाट सभासद थिए।