Saturday, July 4

सत्ता साझेदार दलहरूसँग प्रधानमन्त्रीले मागे लिखित सुझाव

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने विषयबारे सत्ता साझेदार दलहरूसँग लिखित सुझाव मागेका छन्।

Advertisement

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १० दलको बैठक बसेको थियो। उक्त बैठकमा विभिन्न दलका नेताहरूले आ-आफ्नो धारणा राखेका थिए।

Advertisement
Advertisement

‘सबैतिर भत्किएको छ, बिग्रिएको छ त्यसलाई सपार्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउनुहोला भन्ने मैले सुझाव दिएँ, ’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने,‘केही अरू साथीहरूले पनि सुझाव दिनुभयो। सबै जनाले आज बोल्न नभ्याउनु भएकाले प्रधानमन्त्रीले लिखित सुझाव माग्नुभएको छ।’

Advertisement

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल,  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत पार्टीका नेताहरू सहभागी थिए।

सत्तारूढ दलहरूको सुझावलाई समेटेर नीति कार्यक्रम परिमार्जन र समृद्ध तुल्याइने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते नीति तथा कार्यक्रम संसदसमक्ष पेस गर्दैछन्। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।