Saturday, July 4

माओवादीका पूर्वलडाकुलाई २ लाख दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

नेपालअखबार, काठमाडौं। सर्वोच्च अदालतले माओवादीका पूर्वलडाकुहरुलाई २ लाख रुपैयाँ राहत रकम दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

Advertisement

न्यायाधीश कुमार रेग्मीको इजलासले अल्पकालीन आदेश जारी गर्दै यो विषयमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश गरेको छ।

Advertisement
Advertisement

अधिवक्ता ज्ञानेन्द्र आरणले माओवादी अयोग्य लडाकुहरुलाई राहत रकम उपलब्ध गराउने निर्णय गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

Advertisement

सरकारले माओवादी अयोग्य लडाकुहरुलाई २ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार गृह मन्त्रालयले रकम उपलब्ध गराउन कार्यविधि समेत बनाएको थियो।