Sunday, May 10

पूर्व मन्त्रीको गाडी तोडफोड

नेपालअखबार,  काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री राम राना चढेको गाडीमाथि ढुंगामुढा भएको छ । बुधबार इलामको माङसेबुङ गाउँपालिकामा राना चढेको गाडीमाथि ढुंगामुढा हुँदा गाडीको पछाडीको भाग क्षतिग्रस्त भएको छ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता समेत रहेका रानामाथि भएको आक्रमणको एमालेले निन्दा र भर्त्सना गरेको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका छन् ।

Advertisement

uml