Tuesday, July 21

अर्थतन्त्रलाई लयमा फर्काउने गरी बजेट ल्याउने तयारी : मन्त्री ज्वाला

नेपालअखबार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा जनतालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरू समावेश रहेको बताएका छन् ।

Advertisement

शनिबार समाजवादी प्रेस संगठन नेपाल, काठमाडौं जिल्ला शाखाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको सरकार राष्ट्रपति जनताप्रति समर्पित भएर काममा लागेको बताए ।

Advertisement
Advertisement

मन्त्री ज्वालाले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई बजेटले पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गरे । ‘यो गठबन्धनको सरकार राष्ट्रपति जनताप्रति समर्पित भएर लाग्नका लागि हाम्रो तर्फबाट प्रयत्न भएको छ। संसदमा नीति तथा कार्यक्रम प्रस्तुत भएको छ, त्यसमा पनि केही जनपक्षीय कार्यक्रमहरू प्रस्तुत गरेका छौँ। जनतालाई सम्बोधन हुने खालका नीतिहरू हामीले सम्बोधन गरेका छौँ। यो नीति कार्यक्रमलाई बजेटले पूर्ण गर्नेछ,’ उनले भने।

Advertisement

मन्त्री ज्वालाले गठबन्धन सरकारको न्यूनतम् साझा कार्यक्रमलाई केन्द्रबिन्दुमा राखेर सरकारको नीति तथा कार्यक्रम बनाएको बताए। उनले पछिल्ला समस्यालाई समाधान गर्ने, अर्थतन्त्रमा नयाँ मोड ल्याउने, अर्थतन्त्रलाई लयमा फर्काउने र जनताको सेवा सुविधालाई ध्यानमा राखेर काम गर्नेगरी बजेट ल्याउने तयारी रहेको बताए।

मन्त्री ज्वालाले भ्रष्टाचार प्रकरणमा कुनै आग्रह, पूर्वाग्रह बिना अनुसन्धान भइरहेको बताए। बर्तमान सरकार भ्रष्टाचारीमाथी निरिह रुपमा प्रस्तुत भइरहेको बताउदै भ्रष्टाचारीलाई कारबाही गर्ने सन्दर्भमा सरकारले चालेको कदममा खुट्टा नकमाउने बताएका छन् । ‘भ्रष्टाचारका काण्डहरू आएका छन्, त्यसको छानबिन गर्ने र कुनै राजनीतिक आग्रह, पूर्वाग्रह बिना दोषी नछुट्ने, निर्दोष नफस्ने गरी अघि बढेका छौँ।’ उनले भने ।