Sunday, July 19

सञ्चारिकाको सडक सुरक्षा र सञ्चार सम्बन्धी कार्यक्रम

नेपालअखबार,  पोखरा । सातौं संस्करणको युयन गोबल सडक सुरक्षा सप्ताहको सन्दर्भमा सञ्चारिका समूह गण्डकीले नाशा फाउन्डेसनसँगको सहकार्यमा सडक सुरक्षामा सञ्चारकर्मीको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम गरेको छ ।

Advertisement

सञ्चारिका समूह गण्डकीका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको उतm कार्यकममा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकीका प्रवक्ता टीकाराम पौडेलले सडक सुरक्षाका लागि सडक पहुँचता महत्वपूर्ण हुने भन्दै गण्डकी सरकारले पहुँचका लागि काम गरिरहेको बताउनुभयो ।

Advertisement
Advertisement

त्यसै गरी नासा फाउण्डेशनका कार्यकारी निर्देशक गोविन्द भट्टराइले सडक दुर्घटनामा अकालमा मृत्यु हुनेहरुको संख्या विकराल बन्दै गएकोमा चिन्ता व्यक्त गनुभयो ।

Advertisement

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नं २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले सवारी, सवारी चालक र सहचालकको स्वास्थ्य जाँचको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

संस्थाका अध्यक्ष कविता श्रेष्ठले सुरक्षित सवारी,दिघो सडक बारे चेतना जगाउन र बहस चलाउन संचार माध्यमको महत्वपूर्णर्ण भूमिका रहेको बताउनुभयो । त्यसैगरी नासा फाउण्डेशनका कमला आचार्यले सडक सुरक्षा अहिलेको आवश्यकता रहेकोले संचार माध्यमले यस विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारी, सञ्चारिका समूह गण्डकीका पूर्व अध्यक्ष सुष्मा पौडेल, नेपाल पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जारा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पोखरा महानगरपालिकाका सिनियर इन्ज्नििियर सुरेन्द्र पौडेल, साइकल सिटीका प्रकाश बजा्रचार्य, दलित महिला संघ कास्कीका अध्यक्ष लक्ष्मी खाती लगायतको उपस्थिति रहेको थियो ।

सडक सुरक्षाबारे चेतना जगाउन र बहस चलाउनका लागि निमित्त सुरक्षा सप्ताह जेठ १ देखि जेठ ७ गतेसम्म विश्वभर विभिन्न सन्देशमुलक कार्यक्रम गरी मनाइँदैछ ।
नेपालमा सवारी दुर्घटनामा हरेक दिन ७ जनाले ज्यान गुमाउनु पर्ने तथ्यांक छ । यस आर्थिक वर्षको साउन देखि चैत्रसम्ममात्र देशभर ७ हजार ७ २३ वटा सवारी दर्घटना भएका छन् । जसमा १ सय ४८ जनाले ज्यान गुमाएका छन् ।