Friday, July 3

भ्रष्टाचारको अन्त्य नभएसम्म देशलाई विकासको बाटोमा लैजान सकिँदैन : अध्यक्ष नेपाल

नेपालअखबार, धनुषा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य नभएसम्म देशलाई विकासतर्फ डोहोरयाउन कठिन हुने बताएका छन् ।  शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले राष्ट्रिय समस्याका रूपमा रहेको भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने जिकिर गरे ।

Advertisement

नले भ्रष्टाचारलाई निर्मूल पार्नु नै अहिलेको पहिलो प्राथमिकता हुनुपर्ने जोड दिए । अध्यक्ष नेपालले भने, ‘सरकारले मुलुकमा सुशासन कायम गर्नका लागि कदम उठाइरहेको छ । यो राम्रो विषय हो । नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ ।’

Advertisement
Advertisement

फरक प्रसंगमा उनले मधेस सरकारको नेतृत्व परिवर्तन वा सरकार परिमार्जनको कुरा उठिरहेका बेला जसपा संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वमा रहेको सरकारलाई नै निरन्तरता दिने गरी सहमति भएको खुलासा गरे । अध्यक्ष नेपालले रेशम चौधरीको रिहाइका लागि आफूहरु लागिपरिरहेको बताए ।

Advertisement