Saturday, March 14

बाख्मत सहर कब्जा गर्ने क्रममा २० हजार रुसी सैनिक मारिएको खुलासा

नेपालअखबार, एजेन्सि। वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा आफ्ना समुहका २० हजार सैनिक जवानलाई गुमाउनु परेको बताए पछि सो रहस्य खुल्न आएको हो । प्रिगोजिनले क्रेमलिन समर्थक रणनीतिकार कन्स्टान्टिन डोल्गोभसँगको अन्तर्वार्तामार्फत उनले यो खुलासा गरेका हुन् ।

पश्चिमा देशहरुको सहयोगमा सुरु गर्ने ठानिएको युक्रेनको जवाफी कारबाही अनुसार रुसी सेनालाई दक्षिणी र पूर्वी युक्रेनसँगै क्राइमियाबाट समेत भगाउने उद्धेश्यसहित उनीहरु तयार रहेको सूचना आएकोसमेत उनले जनाएका छन् ।

Advertisement

जसका कारण रुसले पनि पश्चिमा सहयोगमा हुन सक्ने युक्रेनी आक्रमणको प्रतिकारका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहनु पर्ने उनको सुझावसमेत सार्वजनिक भएको छ

मस्कोले भने बाख्मत सहर कब्जा गर्ने प्रयासमा आफ्ना ६ हजार सैनिक मात्रै मारिएको दाबी गरिरहेको बेला निजी सेनाका प्रमुखले भने उसको दाबी भन्दा १४ हजार भन्दा बढी सैनिक मारिएको जनाएको हो ।

निजी सैनिक समूह वागनरमा कम तालिमप्राप्त लडाकुहरू धेरै भएकाले यति धेरै मात्रामा क्षति भएको अनुमान युद्ध विश्लेषकहरूले गरेका छन् ।