Friday, August 21

महिलामाथि हुने व्यवहारगत विभेद हट्न नसक्नु हाम्रा लागि चुनौती : प्रधानमन्त्री

नेपालअखबार, काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गर्ने संकल्प गरे पनि महिलामाथि हुने व्यवहारगत विभेद हट्न नसक्नु चुनौती भएको बताएका छन्।

Advertisement

पाँचौं राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा उनले सबै किसिमका हिंसा, विभेद र शोषणको अन्त्य गर्दै समतामूलक राष्ट्र निर्माणमा एक जुट हुन आग्रह गरेका हुन्।

Advertisement
Advertisement

‘विभिन्न नीतिगत, कानूनी तथा कार्यक्रमका प्रयासका बावजुद महिलामाथि हुने व्यवहारगत विभेद हट्न नसक्नु, अशिक्षा, हानिकारक अभ्यास, लैङ्गिक विभेद तथा हिंसालाई बढावा दिने खालका सामाजिक मूल्य मान्यता, प्रथा परम्परा कायमै रहनु, महिला तथा बालबालिका माथि घरेलु, यौनजन्य तथा लैङ्गिकतामा आधारित हिंसा विद्यमान हुनु हाम्रा लागि चुनौतीका रूपमा रहेका छन्,’ उनले सन्देशमा भनेका छन्।

Advertisement

महिलाको आर्थिक तथा सामाजिक जीवनमा सारभूत लैङ्गिक समानता कायम गर्नु अहिलेको दायित्व भएको प्रधानमन्त्री प्रचण्डले बताए।

‘राज्यको सबै तह र निकायहरूमा लैङ्गिक दृष्टिकोणलाई मूलप्रवाहीकरण गरी लैङ्गिक उत्तरदायी शासन पद्धति संस्थागत गर्न संघ, प्रदेश र स्थानीय तहबीच लैङ्गिक समानता सम्बन्धी नीति, योजना तथा कार्यक्रमहरूमा सामञ्जस्यता कायम गर्नु, पारिवारिक र आर्थिक तथा सामाजिक मूल्य मान्यता र लैङ्गिक भूमिकामा परिवर्तन ल्याउन महिलामाथि हुने सबै किसिमका हिंसा, विभेद र शोषणको अन्त्य हुनु आवश्यक छ,’ उनले शुभकामना सन्देशमार्फत भनेका छन्।