Friday, April 24

महराको फैसला आजै हुने

काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा जिल्ला अदालत काठमाडौंमा आइतबार पनि ‘हेर्दाहेर्दैमा’ रहेको छ। जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा फैसला लेखन नसकिएपछि हेर्दाहेर्दैमा रहेकाले मुद्दाको आज(सोमबार) फैसला हुने अदालतले जनाएको हो।

एक साताअघि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा रहेको थियो। जबर्जस्तीकरणी उद्योगअन्तर्गत मुद्दा अनुसन्धानको क्रममा थुनामा रहेका महराले सफाई पाउने वा अभियोग प्रमाणित हुने क्रममा छ।

Advertisement

गत कात्तिक १८ मा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्तीकरणी उद्योगमा अभियोग लागेका महरालाई थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश भएको थियो। संघीय संसदकै सभामुख पदमा रहेको व्यक्तिलाई आफ्नै कार्यालयमा कार्यरत कर्मचारीले जबर्जस्तीकरणी प्रयासको अभियोग लगाएको भन्दै थुनामा राखी अनुसन्धान गर्न आदेश भएको हो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध ५ देखि साढे ७ वर्षसम्मको जेल सजाय, क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता गरेको थियो। महराले सार्वजनिक पदको दुरुपयोग गर्दै महिलामाथि जबर्जस्तीकरणी प्रयास गरेको भन्दै थप सजायसहित माग दाबी गरिएको छ। महरालाई प्रहरीले गत असोज १९ मा पक्राउ गरेको थियो। महरा पक्राउपछि तीनपटक गरी २५ दिन अनुसन्धानका लागि म्याद थपिएको थियो। अनुसन्धानका लागि कानुनले दिएको २५ दिन म्याद सकिएलगत्तै महराविरुद्ध मुद्दा दर्ता गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *