Friday, July 10

तीन दिने खेल पत्रकारिता तालिम जारी

नेपालअखबार, पोखरा  । पोखरामा नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा सञ्चालन भइरहेको खेल पत्रकारिता सम्बन्धी तालिम जारी रहेको छ ।
बुधबारबाट सुरु भएको तालिमको दोश्रो दिन क्रिकेट र टेनिस खेलबारेका दुई सत्रमा कक्षा सञ्चालन भएका छन् । विहान ८ बजेबाट पोखरा ट्रेडमलस्थित क्लासिक चूल्होमा जारी तालिममा बिहीबार ९आज० आइसिसिका एम्पायर दुर्गा नाथ सुवेदी देवेन्द्र र टेनिस प्रतियोगिताका निर्देशक राजन पौडेलले सहजीकरण गरेको मञ्चका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुरज श्रेष्ठले जानकारी दिए ।

Advertisement

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष समेत रहेका सुवेदीले क्रिकेटका ‘टेक्निकल टर्मिनोलोजि’ तथा खेल पत्रकारिता गर्दा अपनाउनुपर्ने सावधानीका बारेमा अवगत गराएका थिए । यस्तै टेनिसका भेट्रान खेलाडी समेत रहेका पौडेलले टेनिस खेलसँग सम्बन्धीत विषयमा सहजीकरण गरेका थिए ।

Advertisement
Advertisement

शुक्रबारसम्म सञ्चालन हुने तालिममा भोलि एनए कोर्ष गरेका फुटबल रेफ्री सन्तोष गुरुङ र सुशिल केसीले फुटबल खेलका बारेमा प्रशिक्षण गराउने कार्यक्रम रहेको संयोजक श्रेष्ठले जानकारी दिए । गुरुङ नेपाल फुटबल रेफ्री संघका सदस्य तथा केसी कास्की जिल्ला रेफ्री संघका अध्यक्ष हुन् ।

Advertisement

प्रदेश खेलकुद परिषद गण्डकी विशेष सहयोग र पोखरा महानगरपालिकाको सहयोगमा गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर बुधबारबाट आयोजना गरिएको तालिममा मञ्चमा आवद्ध सदस्यको अलावा गण्डकी प्रदेशमा रहेर खेलकुदको बिटमा चलाउने ८० बढी पत्रकारहरुको सहभागिता रहेको मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।