Saturday, August 22

इमरान खानद्वारा १५ अर्ब रुपैयाँको मानहानिको मुद्दा दर्ता

नेपालअखबार, एजेन्सि। पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्ष इमरान खानले राष्ट्रिय जबाफदेहिता ब्युरोका अध्यक्षलाई कानुनी सूचना पठाएका छन् ।

Advertisement

इमरान खानले अध्यक्ष विरुद्ध १५ अर्ब रुपैयाँको मानहानि मुद्दा दायर गर्ने निर्णय गरेको बताएका छन् । यसै सम्बन्धमा कानुनी सूचना पठाइएको हो ।

Advertisement
Advertisement

पूर्वप्रधानमन्त्रीले आफूलाई बिदाको दिन पक्राउ पुर्जी जारी गरी आठ दिनसम्म लुकाएर राखिएको दाबी गरेका छन् ।

Advertisement

उनले ट्विट गर्दै लेखेका छन्, ‘मलाई अल कादिर ट्रस्ट केसको अनुसन्धानको बारेमा पनि भनिएको थिएन । एनएबी अध्यादेशको धारा २४ को प्रावधानलाई बेवास्ता गरियो ।’

इमरानले भने, ‘मेरो लागि गिरफ्तारी वारेन्ट जारी गर्ने र कार्यान्वयन गर्ने तरिकालाई सर्वोच्च अदालतले गैर कानुनी र असंवैधानिक भनेको छ । गिरफ्तारी वारेन्ट लागू गर्नका लागि पाकिस्तानी रेन्जरहरूको प्रयोग गरियो, जसले मलाई यातना दिए ।’

उनले भने, ‘म वार्षिक १० अर्ब रुपैयाँ परोपकारमा जम्मा गर्छु, मेरो विश्वसनीयतामा कहिल्यै प्रश्न उठेको छैन, तर पनि झूटो मुद्दामा फसाएर अवैध रूपमा पक्राउ गरेको छ, जसले मेरो प्रतिष्ठालाई नराम्ररी कलङ्कित गरेको छ । उनीहरुले मेरो मजाक उडाएका छन् ।  त्यसैले म मानहानिको कारबाही सुरु गर्दै छु ।’