Friday, August 21

तेस्रो कार्यकालका लागि टर्कीका राष्ट्रपतिले लिए शपथ

नेपालअखबार, एजेन्सि। अंकरा, टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले शनिबार संसदमा सपथ ग्रहण गरेका छन् । उनको यो सपथसँगै आगामी पाँच वर्षको लागि आफ्नो तेस्रो कार्यकाल औपचारिक रूपमा सुरु भएको छ ।

Advertisement

एर्दोगानले संसदमा सपथ ग्रहण समारोह पछि राजधानी अंकारामा अबस्थित राष्ट्रपति भवनमा विश्व नेताहरूको उपस्थितिमा भव्य समारोह आयोजना हुनेछ।

Advertisement
Advertisement

राष्ट्रपतिले आफनो सपथ सँगै आफ्नो नयाँ मन्त्रिपरिषद्को नाम पनि घोषणा गर्ने अपेक्षा गरिएको छ। गत मे २८ मा भएको राष्ट्रपतीय निर्वाचनमा एर्डोगानले आफ्ना प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लुलाई पराजित गर्दै ५२.१८ प्रतिशत मत प्राप्त गर्न सफल भएका थिए ।

Advertisement

सन् २००३ मा प्रधानमन्त्री भएदेखि नै देशको नेतृत्व गर्दै आएका राष्ट्रपति सन् २०१७ मा भएको संवैधानिक जनमत संग्रहले तुर्किएको संसदीय प्रणालीलाई राष्ट्रपतीय प्रणालीमा परिणत गरेपछि २०१८ मा तुर्किएको पहिलो कार्यकारी राष्ट्रपति बनेका थिए ।