Sunday, May 10

तनहुँ- काठमाडौँ सम्पर्क मञ्चको प्रथम जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा पाण्डे निर्वाचित

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादी तनहुँ – काठमाडौँ सम्पर्क मञ्चको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ  ।
शनिबार काठमाण्डौंमा सम्पन्न उक्त सम्मेलनले  रामहरि पाण्डेको अध्यक्षतामा २१ सदस्यीय तनहुँ -काठमाडौँ सम्पर्क मञ्च निर्वाचित गरेको छ ।

नव निर्वाचित कमिटीका पदाधिकारी एबम  सदस्यहरूलाई जिल्ला इन्चार्ज  शंकर पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

Advertisement

कार्यक्रमको उद्घाटन पार्टीका कार्यबाहक अध्यक्ष तथा  पार्टी स्कुल बिभाग प्रमुख प्रमेश हमाल द्वारा गर्नु भएको थियो । सम्मेलनमा पार्टी गण्डकी प्रदेश कमिटीका सचिव पार्टी पोलिटिकल ब्युरोसदस्य  प्रतापलाल श्रेष्ठ , गण्डकी प्रदेश सम्पर्क मञ्च कमिटीका इन्चार्ज पार्टी केन्द्रिय सदस्य  शंकर पोखरेल, पार्टी केन्द्रिय कमिटी सदस्य  हस्त शाही , केन्द्रिय कमिटी सदस्य  उदया शर्मा , नेपाल बुद्धिजीवी परिषद समाजवादीका बरिष्ठ उपाध्यक्ष  सिताराम घले परियार  सम्पर्क विशेष प्रदेश कमिटीका नेताहरू पिताम्बर सिम्खडा ,  कपिलमनि रेग्मी, गण्डकी प्रदेश सम्पर्क कमिटी अध्यक्ष  जगन्नाथ अधिकारीको विशेष उपस्थितिमा सम्पन्न भएको  थियो ।