Saturday, July 4

इन्द्रेणीले गर्यो गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा वृक्षारोपण

नेपालअखबार, पोखरा  । पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित इन्दे्रणी एकीकृत विकास केन्द्रले ५० औ विश्व वातावरण दिवसको अवसर पारि सोमबार वृक्षारोपण गरेको छ ।
वृक्षारोपण कार्यक्रमा पोखरा १ गाईघाट स्थित माछापुच्छ्रे दृश्य अवलोकन पार्कमा विभिन्न जाताका पाँच सय बढी बोट बिरुवा केन्द्रले रोपेको हो । केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी, सस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली र पुर्व अध्यक्ष राम बिक्रम राणाले संयुक्त रुपमा पारिजातको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारी, अञ्जुली आवासीय माबिका राजु केसि, स्थानीय संघ सस्थाका प्रतिनिधिहरु, केन्द्रका पुर्व अध्यक्ष, पदाधिकारी कार्य समितिका सदस्य, आजीवन सगै साधारण सदस्यहरुको सहभागिता रहेको थियो ।
केन्द्रले पार्क सगै सोही स्थानमा किरियापुत्री भवन समेत निमार्ण सम्पन्न गरेको छ । जाहा आवासीय रुपमा किरिया गर्न मिल्ने व्यवस्था समेत रहेको केन्द्रका उपाध्यक्ष निरज बिक्रम राणाले जानकारी दिए । पार्कलाई पिकनिक खाने सगै अन्य कार्यक्रम गर्न मिल्ने गरि अन्य कामहरु हुदै गरेको राणाले जानकारी दिए ।

Advertisement
Advertisement

Advertisement