Saturday, April 18

जौवारीमा बन्यो ६ करोडको विद्यालय भवन

गोरखा । २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले भत्काएको परोपकार आदर्श मावि जौवारीमा नयाँ भवन बनेको छ ।

जापानी सहयोग नियोग जाइकाले करिब ६ करोड लागतमा दुई वटा पक्की भवन निर्माण गरिदिएको हो ।

Advertisement

नौ कोठा रहेको एउटा भवनमा कक्षा सञ्चालन गरिएको छ । अर्को ४ कोठे भवनमा भने कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, पुस्तकालय र इसिडी कक्षा रहेका छन् । नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले शिक्षाको बिकासमा सरकार लागि परेको बताए ।

भूकम्पले क्षतिगरेका विद्यालय भवन निर्माण सम्पन्न भएसँगै भौतिक पूर्वाधारको व्यवस्थापन भएको भन्दै उनले अब शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला सबैले जोड दिनु पर्ने उनको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य एवं वडा अध्यक्ष झटकप्रसाद दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, गाउँपालिका अध्यक्ष राजु गुरुङ, पूर्व जिल्ला बिकास समितिका सभापती चेतमान श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक हरिप्रसाद ढकाल लगायतले मन्तव्य राखेका थिए ।

सोमबारबाट सुरु भएको वार्षीक उत्सव तीन दिनसम्म चल्नेछ । सो अबसरमा विद्यार्थीहरुले विभिन्न अतिरिक्त क्रियाकलाप गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *