Friday, July 24

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो जुनियर युवा रेडक्रस गोष्ठी

गाेरखा । १० बुँदे घोषणापत्र जारी गर्दै ३० औं जुनियर युवा रेडक्रस गोष्ठी सकिएको छ ।

Advertisement

आइतबारबाट सिरानचोक गाउँपालिका–२ थालाजुङ्गको आहाल भञ्ज्याङ माविमा भएको कार्यक्रम सोमबार सकिएको हो । शिक्षक नायक सीताराम भट्टले जारी गरेको घोषणापत्र सर्वसम्वत पारित गर्दै गोष्ठी सकिएको रेडक्रस गोरखाले जनाएको छ ।

Advertisement
Advertisement

जुरेस समितिका जिल्ला संयोजक भिमसेनकाजी बानियाँको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राजु गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रेडक्रसका जिल्ला सभापती भगवानबाबु मास्के, मन्त्री राजेन्द्र न्यौपाने, कोषाध्यक्ष रामशरण आर्चाय, वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङ, सदस्य खुसिमान गुरुङ, थालाजुङ्ग उपशाखा सभापती ओमबहादुर गुरुङ, पत्रकार कैलाशबाबु श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक केशरसिंह बस्नेत, विद्यालय व्यवस्थापन समितिका धनबहादुर गुरुङ, शिक्षक अभिभावक सघंका अध्यक्ष जोगबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

Advertisement

गोष्ठीका लागि सिरानचोक पुगेका ४२ विद्यालयका विद्यार्थी र शिक्षकलाई ऐतिहासिक सिरानचोक गढीको अवलोकन गराइएको छ ।

सो अबसरमा गाउँपालिका अध्यक्ष राजु गुरुङ र शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र पोखरेलले सिरानचोक गढिको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका बारेमा जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा ४२ विद्यालयका एक छात्ररएक छात्रा र शिक्षक नायक सहित कुल १ सय २६ अन्य सरोकारवाला समेत ४८० जनाको सहभागिता रहेका थियो ।

गाउँपालिकाको मुख्य सहयोगमा भएको कार्यक्रममा वडा नम्बर २ थालाजुङ्ग, वडा नम्बर ३ हर्मी, इन्फोटक कलेज अफ हरमटारी, पर्व सुधार समाज नेपाल, मनकामना जुनियर रेडक्रस, दुलब्भ मावि, कलश आयल स्टोर्स गोरखा लगायतले पनि आर्थिक सहयोग उपलब्ध गराएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *