Monday, July 6

राष्ट्रिय जनगणना २०७८: मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग

नेपालअखबार, काठमाडौं । नेपाल मुस्लिम संघले राष्ट्रिय जनगणना २०७८को तथ्थाङ्क सच्चाउन माग गरेको छ ।

Advertisement

संघका कार्यवहाक सभापति अतावुल मत्सुरीले राष्ट्रिय तथ्थाङक कार्यलयलाई ध्यानकर्षण गराउदै तथ्थाङ्क सच्चाउन माग गर्नुभएको हो ।राष्ट्रिय तथ्थाङक कार्यलयले राट्रिय जनगणना २०७८ मा इस्लाम ५ .०९ र मुसलमान ४.८६ रहेको तथ्थाङ्क रहेको सार्वजनिक गरेको थियो । संघले मुसलमान र इस्लाम एउटै जात रहेको भन्दै सच्चाउन माग गरेको हो ।

Advertisement
Advertisement

संघका पूर्व अध्यक्ष एबं नेपाली काग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारले मुस्लिम समुदायको संख्या कुल जनसंख्याको करिब १० प्रतिशत रहेको तथ्थाङ्क भएपनि नियतबस इस्लाम र मुस्लिमलाई अलग पारिएको बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो “इस्लाम र मुस्लिम एउटै हो तर यो समुदायलाई कम देखाउन बिभाजन गरिएको छ यो गम्भिर षडयन्त्र हो ।” उहाँले भन्नुभयो ‘यो तथ्थाङ्कलाई आधार मानेर राज्यले बनाउने नीति नियममा बढी जनसंख्या भएको समुदायलाई फेरी पछाडी धकल्ने प्रयास भयो ।’

गत जेठ १९ गते राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गरेको थियो ।