
नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका १३ नं. वडाभित्र सञ्चालितसंस्थागतविद्यालयका सञ्चालकतथाप्रधानाध्यापकसँगविहीबार वडा कार्यालयले छात्रावृत्तिविषयमाअन्तरक्रिया सम्पन्न गरेको छ ।
संस्थागतविद्यालयले विगतमाविद्यार्थीहरूलाई उपलब्धगराउँदै आएकामिहिनेतीर जेहेन्दार छात्रावृत्तिको विवरण बुझाउँदै भविष्यमापनि निरन्तरतादिने प्रतिवद्धता संस्थागतविद्यालय सञ्चालकतथाप्रधानाध्यापकले गरेका छन् ।
वडा अध्यक्ष किरण बरालले १३ नम्बर वडाभित्र शिक्षा क्षेत्रमालगानी गरेर योगदानदिई शैक्षिकस्तर माथिउकास्न मद्धत गर्दै छात्रावृत्तिविवरण पारदर्शी गरेकोमासंस्थागतविद्यालय सञ्चालकलाई धन्यवाद ज्ञापन गरेका थिए । बरालले वडाभित्रका विपन्न समुदायकाविद्यार्थीलाई निरन्तर छात्रावृत्रिउपलब्ध गराइदिनपनि अनुरोध गरे । उनलेनिवर्तमान वडा अध्यक्षदर्शन लामालाई मार्गदर्शन, सल्लाह र प्रेरणाका लागि स्मरणगर्दै भौतिकापूर्वाधारसँगै शिक्षा क्षेत्रको विकास पनिआवश्यक रहेको बताए ।
छात्रावृत्तिउपलब्ध गराउने बालकल्याण हाइ स्कलु, अक्सफोर्ड स्कुल, इडेन्स एकेडेमी, ताराकुञ्ज सेकेन्डरी स्कुल र चिल्डे«न एकेडेमीले १० प्रतिशत छात्रावृत्तिको विवरण वडा कार्यालयमा पेश गरेका थिए ।
अन्तरक्रियाकार्यक्रममा सामुदायिक र निजीविद्यालयबिचआपसमा सहकार्य गरी अगाडि बढ्ने सहमतिपनिभएको छ । वडामा रहेका सामुदायिकविद्यालयकागरिब तथा जेहेन्दार २ सय ६५ विद्यार्थीलाई शैक्षिक सामग्रीवितरण गरेको जानकारी वडा सदस्य सुचिततामाङले जानकारी दिइन ।

