
नेपालअखबार, काठमाडाैं। सर्वोच्च अदालतले बाल सैनिक सम्बन्धी प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्धको रिट दर्ता गर्न आदेश दिएको छ।
माओवादीका पूर्वलडाकू लेनिन विष्टले आफूलाई बालसैनिकको रूपमा दुरूपयोग गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। तर उक्त रिटमाथि जेठ १६ गते दरपीठ भएको थियो।
दरपीठ भएको रिट निवेदन दर्ता गराउन शुक्रबार आदेश भएको हो। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले उक्त आदेश दिएको हो।
विष्टले प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्रालय, रक्षा मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोगलगायतविरूद्ध रिट दिएका थिए।

