Friday, July 31

स्वास्थ्य बीमा व्यवस्थित बनाउन भनेजस्तो मान्छे पाउन सकिनँ : मन्त्री बस्नेत

नेपालअखबार, काठमाडौं।  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको बताएका छन् ।

Advertisement

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले स्वास्थ्य बीमा व्यवस्थित गर्न नीतिगत रुपमा नै सुधारको आवश्यकता देखिएको बताए ।

Advertisement
Advertisement

उनले भने, ‘स्वास्थ्य बीमा प्रभावकारी बन्न सकेको छैन। यो बीमा सञ्चालन गर्ने ठाउँमा महत्वपूर्ण व्यक्तिहरु मैले स्वास्थ्य र बीमा दुवै बुझेको मानिस खोजिरहेको छु, त्यो पाइरहेको छैन, की स्वास्थ्य बुझेको पाइन्छ की बीमा, दुवै बुझेको मान्छे पाउन सकेको छैन।’

Advertisement

उनले स्वास्थ्य बीमा सरकारी अस्पतालले मात्रै पाउने की निजीले पनि पाउने भन्ने लडाइँ चलिरहेको बताए। उनले निजी अस्पतालहरुले स्वास्थ्य बीमा आफूले नपाउने भए अस्पताल नै बन्द गर्ने चेतावनी दिएको समेत बताए।

‘स्वास्थ्य बीमा व्यवस्थित गर्न नीतिगत रुपमा नै सुधार गर्नुपर्नेछ। नीतिगत रुपमा नै हामी अघि बढ्नुपर्छ । यहाँ त स्वास्थ्य बीमा सरकारी अस्पतालले मात्रै पाउने की निजीले पनि पाउने भन्ने लडाइ रहेछ। निजी मेडिकल कलेजका प्रतिनिधिले हामीले नपाउने भए अस्पताल बन्द गर्छौं’ उनले भने।

उनले निजी क्षेत्रहरुले पनि स्वास्थ्य मापदण्डहरु पूरा नगरेको भन्दै सधैँका लागि बन्द गरिदिने चेतावनी दिएपछि निजी क्षेत्र शान्त भएको बताए।

उनले भने, ‘ मैले मापदण्ड पुगेको छैन, त्यसका टेकेर हान्नुपर्दा सधैँका लागि बन्द हुन्छ भने। त्यसैले कतै पाउँदै नपाएको कतै पाउने भन्दा बढी सुविधा पाएको बेथितिहरु छन्, त्यसका लागि हामीले कार्ययोजना बनाएर अघि बढेका छौँ।’

मन्त्री बस्नेतले स्वास्थ्य बीमाका लागि कार्ययोजना बनाइ अघि बढिरहेको पनि बताए।