Friday, July 31

रौतहट काठमाडौँ सम्पर्क मञ्चको १३ औं सम्मेलन सम्पन्न

नेपालअखबार, काठमाण्डौ ।  नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी ) को रौतहट काठमाडौँ सम्पर्क मञ्चको १३ औं सम्मेलन सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको   प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।  वातावरणको संरक्षण गर्ने उद्धेश्य स्वरुप कपुरको बिरुवामा पानी राखी  उद्घाटन  गर्दै  सम्मेलनवाट निर्वाचितहरुलाई  बधाई दिदै शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Advertisement

कार्यक्रममा  पार्टी केन्द्रीय कमिटी सदस्य एवं सम्पर्क बिशेष प्रदेश कमिटीका अध्यक्ष बिरवलकाजी राई, केन्द्रीय सल्लाहकार परिषद् सदस्य क।शंकर विश्वकर्मा,सम्पर्क विशेष प्रदेश कमिटीका उपाध्यक्ष   नवराज तिमिल्सिना, केन्द्रीय बुद्धिजिवी परिषद्का उपाध्यक्ष  गिरीधर मिश्र, मधेश प्रदेश सम्पर्क कमिटीका अध्यक्ष  बेदनाथ कोइराला, केन्द्रीय कानुन बिभागका सदस्य  गोपाल श्रेष्ठ, केन्द्रीय बिज्ञान तथा प्रविधि बिभाग सदस्य दीपक गुप्ता, केन्द्रीय भौतिक पुर्बाधार तथा यातायात बिभाग सदस्य प्रताप खड्का, मधेश प्रदेश सम्पर्क कमिटीका आर्थिक विभाग प्रमुख शत्रुधन प्रसाद चौधरी,दलित मुक्ति संगठनका उपमहासचिव  लिलबहादुर परियार, मधेश प्रदेश सम्पर्क कमिटी सदस्य  चिनकुमारी शिवाकोटी, इन्दिरा कोइराला,  अरुण गिरी,  एक्रामुल हक, पर्यटन बिभागका महासचिव  केशव धिताल, खेम बोलखे, नारायण पौडेल, स्वाथ्यकर्मी बिर अस्पतालका कोषाध्यक्ष तुफानी  ठाकुरको आतिथ्यतामा सम्पन्न भयो ।

Advertisement
Advertisement

सम्मेलनले सर्वसम्मत रुपमा अध्यक्ष रामानन्द चौधरी, उपाध्यक्ष नमोनारायण झा, इजराइली वेष्टा, सचिवमा अजय पटेल, उपसचिवहरुमा  बिप्लव केसी, सुधाशु  मिश्र, सुष्मा सोब, कोषाध्यक्षमा  कृष्ण नन्दन साह सोनार, सदस्यहरुमा  कामेश्वर यादव, प्रतिभा श्रेष्ठ, भुजेन्द्र यादव,  प्रमोद राय, कृष्ण चौधरी, चन्देश्वर दास,  पनिलाल यादव, क।हिमांशु मिश्र,  सन्जु पुलामी सुरेन्द्र ठाकुर, शुलभ पुडासैनी, निर्मला गुप्ता, आशुतोष कुमार जैसवाल, प्रमिला कुमारी, राकेश यादव, राम चौरसिया, राम एकवाल ठाकुर, बिमलेश झा, रामबिनय कुशवाहा, अनिल रेग्मी, सुमन झा, दिगम्वर चौधरी, बिपल थापा,, सेराज मिकरानी, रामवावु महतो, प्रेमलाल जैसवाल, राजेन्द्र शाह, नविन गुप्ता गरी ३७ सदस्यीय  जिल्ला सम्पर्क मञ्च निर्वाचित गरेको छ।
उक्त सम्मेलनमा निवर्तमान अध्यक्ष सचित कुइकेलले पेश गर्नुभएको  राजनैतिक तथा सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष क।लक्ष्मी उप्रेतीले पेश गर्नुभएको आर्थिक  प्रतिवेदन पारित गरिएको थियो ।

Advertisement

सम्मेलनमा  प्रमुख अतिथि लगायत अतिथिहरुमा केन्द्रीय कमिटी सदस्य एवं सम्पर्क बिशेष प्रदेश कमिटीका अध्यक्ष बिरवलकाजी राई, केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्मा,सम्पर्क विशेष प्रदेश कमिटीका उपाध्यक्ष नवराज तिमिल्सिना, मधेश प्रदेश सम्पर्क कमिटीका अध्यक्ष बेदनाथ कोइराला , पूर्व अध्यक्ष गोपाल श्रेष्ठ, दिपक गुप्ता, मधेश प्रदेश सम्पर्क कमिटीका आर्थिक विभाग प्रमुख शत्रुधन प्रसाद चौधरी लगायतले  शुभकामना मन्तव्य राख्नु भएको सो सम्मेलनबाट नव निर्वाचित कमरेडहरुलाई सम्पर्क विशेष प्रदेश कमिटीका उपाध्यक्ष नवराज तिमिल्सिनाले शपथ ग्रहण गराउनुभएको थियो।