Wednesday, July 29

तीन दिनमा संरचना बनाएर १० लाख लिटर पानी वितरण

नेपालअखबार, हेटौंडा। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले तीन दिनमा पूर्वाधार निर्माण गरेर दैनिक थप १० लाख लिटर पानी वितरण गरेको छ।

Advertisement

बोर्डका अध्यक्ष प्रताव विष्टको अनुसार सुक्खायामसँगै हेटौंडामा पानीको समस्या बढ्न थालेपछि बोर्डले पूर्वाधार निर्माण गरेको हो।

Advertisement
Advertisement

मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसे ब्यारेकअगाडिको राप्ती खोलामा ‘समवेल’ निर्माण गरेर प्रतिमिनेट एक हजार पाँच सय लिटर पानी थप गरिएको अध्यक्ष विष्टले बताए।

Advertisement

नेपाली सेनासँग स्वीकृति लिएर हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले ब्यारेकअगाडि राप्ती खोला नजिक ‘समवेल’ निर्माण गरेको उनको भनाइ छ।

तीन दिनको निरन्तर प्रयासपछि पानी निकालेर वितरण गर्न सफल भएको बोर्डका लेखापाल सञ्जय न्यौपानेले बताए।

पानी नपरेर सुख्खा बढेपछि पानीको अभाव भएका क्षेत्रमा खानेपानी बोर्डले ट्यांकीमार्फत पानी वितरण गर्दै आएको थियो।