Monday, July 6

अवैधरूपमा औषधि पसल सञ्चालन गर्ने ८ भारतीय पक्राउ

नेपालअखबार, कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् ।

Advertisement

कञ्चनपुर प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो।

Advertisement
Advertisement

दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरी औषधि बिक्री वितरण गर्दैआएका सूचना पाएपछी उनीहरूलाई पक्राउ गरिएको  कञ्चनपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर)  भरतराज गिरीले जानकारी दिए।

Advertisement

पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन्।

उनीहरूमाथि थप अनुसन्धानका लागि स्वास्थ्य विभाग पठाइएको इन्सपेक्टर गिरीले जानकारी दिए।