Thursday, July 16

आजदेखि प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि छलफल

नेपालअखबार, काठमाडाैं। प्रतिनिधि सभाको बैठक आज बस्दैछ।

Advertisement

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ।

Advertisement
Advertisement

संसदम आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरू हुनेछ।

Advertisement

आज वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयको बजेटबारे छलफल गरिने कार्यसूची छ।

यी मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको १७ खर्ब ५१ अर्बको बजेट संसदबाट बहुमतले पारित गरिसकेको छ।