Thursday, July 16

‘नागरिकता माग्‍नु अपराध हो भने हामीलाई गोली हानेर देश निकाला गरियोस्’ : पूर्व मन्त्री खान

नेपालअखबार, काठमाडौं ।  पूर्व खानेपानी मन्त्री अब्दुल खानले नागरिकता नपाउँदा आत्महत्याका घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै  पूर्व मन्त्री खानले नागरिकता नपाउँदा सन्तानहरूले मृत्यु रोज्नुपर्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

Advertisement

उनले भने,’नागरिकताबाट बंचित भएका सन्तानहरूले आत्महत्याको प्रयास गरिरहेका छन्। यो प्रयास रोकिएन भने भोलि सामूहिक आत्मदाहाको प्रयास गरिएला। यसको जिम्मा कसले लिने।
नेपाल सरकार  कि नेपालको न्यायालयले।’

Advertisement
Advertisement

उनले सर्वोच्च अदालतले नागरिकता पीडितको सवालमा अन्याय गरेको बताए। ‘सर्वोच्च अदालतले नागरिकता पीडितको सवालका  पक्षमा तिमी रुयजस्तो गर, म पिटे गरेजस्तो गर्छुजस्तो गर्छ। सरकारले यताबाट पास गर्छ। आधी सांसदहरूले विरोध गर्छन्। आधीले पास गर्छन्। न्यायलयले यसलाई रोकिदिन्छ। यस्तो मनोदशा कहिलेसम्म ?

Advertisement

पूर्व मन्त्री खानले यस्तो गम्भीर  विषयमा  सरकार र न्यायलय सचेत हुनु आवश्यक रहेको बताए। उनले नागरिकता माग्नु अपराध हो भन्दै सरकारलाई प्रश्न समेत गरे।

उनले भने,’के नागरिकता माग्नु अपराध हो। हामी नेपाली हौं। हामीले देशको नागरिकता चाहन्छ भन्नेु अपराध हो भने यो देशका हामी सबैलाई गोली हानेर भगाउनु। कि त हामीलाई नागरिकता दिनुहोस्।’

नागरिकता माग्दै  यही जेठ ३० गते काठमाडौंको माइतीघरमा एक युवकले आफ्नै शरीरमाथि पेट्रोल खन्याएर आत्मदाहाको प्रयास गरेका थिए।

राष्ट्रपतिबाट  प्रमाणीकरण भइसकेको  नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ।