
नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश विकासको निम्ति शान्तिको मार्ग अवलम्बन गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौको विश्व शान्ति बिहारमा बुद्ध दर्शनको परीक्षामा सहभागी हुनुभएका नेता खनालले बुद्धमार्ग पछ्याउँदै अघि बढ्न सके देशमा दीर्घकालीन विकास स्थापित हुने निश्चित रहेको बताउनुभएको हो ।
उहाँले नेपाल विविध धर्म र जातजातिको दर्शनबाट सुसज्जित रहेको बताउँदै राज्य सञ्चालनको जिम्मेवारीमा रहेका नेताहरूले अनिवार्य बुद्धको ज्ञान अनुशरण गर्न जरुरी रहेको जिकिर समेत गर्नुभयो ।
यस्तै, पूर्वप्रधानमन्त्री खनालले नेपाल विभिन्न दर्शनहरुबाट अभिप्रेरित भएको मुलुक हो र विविध संस्कृति, भाषा भएका मानिसहरू एक अर्काको सहअस्तित्वलाई स्वीकार गर्दै एकता कायम गर्नुपर्ने धारणा राख्नुभयो ।

