Thursday, July 9

विवादमा परेर दाेस्राे जनआन्दाेलनपछि काे कसले गुमाए पद ? (लिष्ट सहित)

काठमाडौं – २०६२/६३ को जनआन्दोलनपछि विभिन्न विवादमा परी पद गुमाउने मन्त्रीमा गोकुलप्रसाद बाँस्कोटा नवौं हुन्। पछिल्लो प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि आफ्नै अभिव्यक्तिका कारण पद गुमाउने उनी दोस्रा मन्त्री हुन् ।

Advertisement

२०७४ फागुनमा केपी शर्मा ओली दोस्रोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेपछि कानुन मन्त्रालयको जिम्मेवारी पाएका शेरबहादुर तामाङले यसअघि पदबाट राजीनामा गरेका थिए।

Advertisement
Advertisement

२०७४ को चैत २ गते मन्त्रीको जिम्मेवारी सम्हालेका उनले २०७५ को साउन ४ मा बंगलादेशमा पढ्ने छात्राबारे दिएको अभिव्यक्ति विवादमा आएपछि ६ गते पदबाट राजीनामा दिएका थिए। शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता दिलनाथ गिरी प्रधानमन्त्रीसँग विवाद गरेपछि २०७४ पुस १७ गते सहरी विकासमन्त्रीको जिम्मेवारीबाट मुक्त भए।

Advertisement

सुशील कोइराला नेतृत्वको सरकारमा कृषिमन्त्रीको जिम्मेवारी पाएका तत्कालीन नेकपा एमालेका नेता हरि पराजुली विवादमा तानिए। धान दिवसका अवसरमा आयोजित रोपाइँ कार्यक्रममा महिलामाथि अशिष्ट व्यवहारपछि उनले पदबाट राजीनामा गरे। कोइराला नेतृत्वकै सरकारमा ऊर्जामन्त्रीको जिम्मेवारी पाएकी तत्कालीन एमाले नेत्री राधा ज्ञवाली पनि आर्थिक अनियमितताको आरोप लागेपछि बर्खास्तगीमा परिन्।

तत्कालीन एमाले नेता पुरुषोत्तम पौडेलले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पत्रपछि खेलकुदमन्त्रीबाट राजीनामा दिएका थिए। पौडेलले पनि कोइराला नेतृत्व सरकारमै मन्त्री थिए।

माओवादी नेता प्रभु साह २०६८ भदौ ११ गते गठित बाबुराम भट्टराई नेतृत्व सरकारमा भूमिसुधारमन्त्री बनेका थिए। विश्व हिन्दू संघका अध्यक्ष काशीनाथ तिवारीको हत्याकाण्डमा मुछिएपछि साहले असोज २९ गते पदबाट राजीनामा गर्नुपरेको थियो।

भट्टराई सरकारका रक्षामन्त्रीको जिम्मेवारी पाएका शरतसिंह भण्डारी असोज ९ गते राजधानीमा आयोजित एक कार्यक्रममा तराईका २२ जिल्लाका जनताले छुट्टिने निर्णय गरे संविधान, कानुनले रोक्न सक्दैन भन्नेजस्ता अभिव्यक्ति दिएपछि विवादमा आएका उनले १२ गते पदबाट राजीनामा दिनुपरेको थियो।

२०६३ माघ १ मा अन्तरिम संविधान जारी भएपछि सरकारमा सहभागी तत्कालीन माओवादीका नेता मातृकाप्रसाद यादव सरकारमा सहभागी भए। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा वन मन्त्रालयको जिम्मेवारी पाएका यादव साउन १७ गते बाहिरन पुगे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *