Thursday, July 16

कर्णाली नदीमा जीप खस्यो

नेपालअखबार, हुम्ला । कर्णाली नदीमा जिप खसेको छ।

Advertisement

सोमबार बिहान हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्र ०३-०१०२२ च ५१२६ नम्बरको जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रमुख डिएसपी भीमलाल भट्टराईले जानकारी दिए।

Advertisement
Advertisement

नाम्खा गाउँपालिका-२ स्थित उकालोमा उक्लिन नसकेपछि जीपमा सवार सबै यात्रु ‌ओर्लेका थिए।

Advertisement

जीपका चालक जनकपुर वतन भएका राजेश लामा गम्भीर घाइते भएका छन्। जीप खसेपछि उनी हामफालेर बाँच्न सफल भएको डिएसपी भट्टराईले जानकारी दिए।

उनलाई उपचारका लागि सुर्खेत अस्पताल लैजान लागिएको डिएसपी  भट्टराईले बताए।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेका कारण विस्तृत विवरण आउन बाँकी छ।