Thursday, July 16

सुत्केरी हुन नसकेपछि दुर्गम गाउँकी युवतीको हेलिकप्टरमार्फत उद्धार

नेपालअखबार,  काठमाडौं। बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेपछि एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

Advertisement

जिल्लाको निसीखोला गाउँपालिका–५ निसीकी १८ वर्षीया सीता सुनार बुर्तिबाङ प्राथमिक स्वास्थ्य सुनार घरमै सुत्केरी व्यथा लागेर आइतबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी थियन् ।

Advertisement
Advertisement

स्वास्थ्य केन्द्रमा पनि आज दिउँसोसम्म सुत्केरी हुन नसकेपछि प्रभु एअरको हेलिकप्टरमार्फत पोखरास्थित गण्डकी मेडिकल कलेजमा पठाइएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख केशव थापाले जानकारी दिइन् ।

Advertisement

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रलायको आमा सुरक्षा अन्तर्गत सुत्केरी उद्धार कार्यक्रममार्फत सुनारको निःशुल्क हेलिकप्टरमार्फत उद्धार भएको हो।

सुनारको सुत्केरी हुने मिति १७ दिन अगाडि रहेको थापाको भनाइ छ। उनको जटिल किसिमको शल्यक्रियामार्फत सुत्केरी गराउनुपर्ने हुँदा पोखरा पठाइएको थापाले बताए।

उनलाई यही सुत्केरी गराउन आवश्यक जनशक्ति र उपकरण छैन, लामो समयदेखि व्यथा लागे पनि बच्चा जन्मन नसक्दा आमा र बच्चा दुवैको ज्यान खतरामा हुने हुँदा पोखरा पठाएका हौँ’, प्रमुख थापाले भने, ‘यही शल्यक्रिया गर्ने भनेका थियौँ तर जटिल बन्दै गएपछि तत्काल हेलिकप्टर माग गरेर पठयौँ।’ रासस