Saturday, July 11

हेवा खोलामा बेलिब्रिज निर्माण थालियो

नेपालअखबार, ताप्लेजुङ।  वर्षाका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलिब्रिज निर्माण थालिएको छ।

Advertisement

भौतिक र मानवीय क्षति भएको सो स्थानमा सोमबारदेखि बेलिब्रिज निर्माणको काम अघि बढाइएको हो।

Advertisement
Advertisement

सोमबारदेखि धमाधम बेलिब्रिजको काम थालिएको मेची राजमार्ग आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिए।

Advertisement

बेलिब्रिज निर्माण सामग्री निर्माण स्थलमा पुगिसकेको उनले जानकारी दिए।

‘केही दिनभित्रै यातायात पुनः सुरू हुन्छ,’ उनले भने।

आइतबारको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो।

त्यहाँको यातायात आवागमन ठप्प हुँदा बेपत्ता नागरिकको खोजीमा समस्या भएको छ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, शहरी विकास मन्त्री सीता गुरुङलगायतले बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए।

सो अवसरमा प्रधानमन्त्री दाहालले चाँडो पुल बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। रासस