Thursday, July 30

टाइटानिक हेर्न गएको पनडुब्बीमा ३० घण्टाका लागि मात्रै अक्सिजन बाँकी

नेपालअखबार, एजेन्सि। पर्यटकका लागि विश्वकै चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न निस्किएको पनडुब्बीमा अब ३० घण्टाको लागि मात्रै अक्सिजन बाँकी छ ।

Advertisement

आइतबारदेखि हराइरहेको यो पनडुब्बीमा पाँच यात्री सवार छन् । यसमा पाकिस्तानी मूलका अर्बपति व्यापारी शाहजादा दाउद र उनका छोरा सुलेमान दाउद, बेलायती अर्बपति व्यापारी हमिस हार्डिङ, फ्रान्सेली अन्वेषक पल हेनरी नार्गेलेट र यो साहसिक यात्राको व्यवस्थापन गर्ने कम्पनीका प्रमुख कार्यकारी स्टकटन रश समावेश छन् ।

Advertisement
Advertisement

अमेरिकी कोस्ट गार्डको खोजी अभियान २० हजार वर्ग किलोमिटरभन्दा ठुलो समुन्द्रमा चलिरहेको छ । यसमा क्यानेडियन नेवी, एयर फोर्स र कोस्ट गार्डसँगै न्यूयोर्क एयर नेशनल गार्डले पनि सहयोग गरिरहेका छन् ।

Advertisement

अमेरिकी कोस्ट गार्डको अनुमान अनुसार पनडुब्बीमा करिब ३० घण्टाको अक्सिजन बाँकी छ ।

आइतबार यात्रा सुरु भएको एक घण्टा ४५ मिनेटपछि पनडुब्बीसँग सम्पर्क टुटेको थियो । खोजी अभियानमा दुई सी–१३० विमान र सोनारको मद्दत लिइँदै छ ।