Wednesday, April 22

बाढीपहिरो प्रभावित क्षेत्रको छुट्टै अनुगमन गर्छौँ : मन्त्री ज्वाला

नेपालअखबार, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रको छुट्टै स्थलगत अनुगमन गर्ने बताएका छन् ।

बुधबार सिंहदरबारमा मनसुनजन्य विपत्बाट विभिन्न जिल्लामा भएको क्षतिको विषयमा भएको छलफलमा बोल्दै उनले बाढी पहिरोको कारण क्षति भएको सडक,पुल क्षति भएको स्थानमा पुगेर वास्तविक स्थितिको अवस्था बुझेर त्यसका निम्ति सरकारले योजना बनाउने बताए ।

Advertisement

मन्त्री ज्वालाले बिहीबार सम्बन्धित जिल्लाका जनप्रतिनिधिहरूसँग छलफल गरेर सडक तथा पुलसँग सम्बन्धित विषयमा ठोस निर्णय लिने बताए । उनले जनप्रतिनिधिहरूसँगको छलफलमा तत्काल गर्नुपर्ने कामको प्राथमिकता हेरेर ठोस योजना बनाउने तयारी रहेको बताए ।  मन्त्री ज्वालाले बाढी पहिरोले अहिलेसम्म सडक पुलहरूमा बढी क्षति गरेको भन्दै हेवाखोलाको पुल बगाउँदा ताप्लेजुङ जिल्ला जोडिने सडक मार्ग पूर्णरुपमा बन्द भएको बताए ।