
नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बजेट स्वकार गर्न नकस्ने बताएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गर्ने निर्णय गरेको संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले बताए ।
पाण्डेले सत्ता गठबन्धनका सबै नेतासँग बसेर बजेटबारे छलफल गर्न बैठकले माधव नेपाललाई सुझाव दिएको बताए । असन्तुलित भएको ठाउँमा सन्तुलित गरेर मात्रै बजेट पारित गर्न सकिने उनले बताए ।
शेयर मार्केट, घरजग्गाको कारोबारलगायतको विषयमा दैनिक संशोधन भइरहेको भन्दै उनले बजेट संशोधन गर्ननसक्ने भन्नु गलत भएको बताए ।

