Thursday, July 16

ओखलढुंगामा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु, छोरा बेपत्ता

नेपालअखबार, ओखलढुंगा। ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएकाे छ। पहिरामा परि छोरा बेपत्ता भएका छन्।

Advertisement

मृत्यु र बेपत्ता हुनेमा रणबहादुर गुरूङको परिवार रहेको वडाध्यक्ष खड्ग बरालले जानकारी दिए।

Advertisement
Advertisement

उनका अनुसार गएराति ११ बजे पहिरो जाँदा रणबहादुरसहित उनकी २९ वर्षकी पत्नी शिवमाया गुरूङ र १८ महिनाकी छोरी कविता गुरूङको पुरिएर मृत्यु भएको बरालले जानकारी दिए। १० वर्षका छोरा दिनश गुरूङ बेपत्ता छन्।

Advertisement

‘दुई सय मिटर माथिबाट पहिरो आएर घर बगाएर लगेछ। अहिलेसम्म बाबु, आमा, छोरीको शव फेला परिसकेको छ। छोरा फेला पर्न बाँकी रहेको छ,’ उनले भने, ‘पहिराले बलबहादुर गुरूङ र जहरसिंह गुरूङको घरमा पनि क्षति पुर्‍याएको छ। ठूलो आवाजकासाथ पहिरो चल्न थालेपछि अरूले भागेर ज्यान जोगाउन सफल हुनुभएछ।’

करिब दुई सय घरधुरी रहेको बस्तीमा पहिरो गएको उनले बताए। पहिरोबाट अरू घर पनि जोखिममा रहेको उनले बताए।