Thursday, July 16

ओली समाजवादी मोर्चा बनाएकोमा धन्यवाद दिनुपर्ने ठाउँमा सहन नसकेन्न : माधव नेपाल

नेपालअखबार, काठमाडाैं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकारलाई ढालेर दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउन तयारी गरिरहेको बताएका छन्।

Advertisement

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु जस्ता अभिव्यक्ति दिइरहेको आरोप लगाए।

Advertisement
Advertisement

उनले आफ्नो पार्टी नेपालको राजनीतिमा महत्वपूर्ण शक्तिको रूपमा उदाएको दाबीसमेत गरे।

Advertisement

उनले एमालेले समाजवादी मोर्चा बनाएकोमा धन्यवाद दिनुपर्ने ठाउँमा आफूहरूले गरेको कदमलाई पनि सहन नसकेको बताए।

उनले भने, ‘अहिले हाम्रो पार्टी नेपालको राजनीतिमा एउटा महत्वपूर्ण शक्तिको रूपमा उदाएको छ। नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाईंहरूले सुनिरहनुभएको छ। अर्थात् हामीले चालिरहेको कदमलाई सकारात्मक रूपमा लिनुपर्नेमा समाजवादी शक्तिलाई एकताबद्ध बनाएर समाजवाद विरोधी शक्तिलाई एक्लो बनाउने काममा लाग्नुपर्ने, विस्तार गर्न शुभकामना दिनुपर्ने, हामीले त गरेनौं, तपाईंहरूले गर्नुभयो भन्नुपर्ने हो।’

उनले अघि थपे, ‘ठूलो पार्टीले गर्नुपर्ने हो तर चाहेन, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन चाहेन। समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन, अहिले पनि उसले के गर्न चाहिरहेको छ भने आजको पत्रिकामा पढ्नुभएको होला, केपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेको छ। कस्तो बिडम्वना होला, कस्तो चरित्र होला, अहिले कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन्। उसलाई अघि बढाउन खोजिरहेका छन्।’

अध्यक्ष नेपालले नेपाली कांग्रेस काल्पनिक समाजवादी, उदार पुँजीवादी र दलाल पुँजीवादी पार्टी भएको आरोप लगाए।