Thursday, July 16

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते

नेपालअखबार, बागलुङ। बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

Advertisement

ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको ६ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो।

Advertisement
Advertisement

चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

Advertisement

चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको प्रनाउ केसीको भनाइ छ। घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले बताए।