Thursday, July 16

अछाम काठमाडौं सम्पर्क मञ्चको १२ औ सम्मेलन सम्पन्न

नेपालअखबार,काठमाडौं ।नेकपा एकीकृत समाजवादी निकट अछाम काठमाडौं सम्पर्क मंचको १२ औ सम्मेलन सम्पन्न भएको छ । शनिबार काठमाण्डौ स्थित सम्पर्क विशेष प्रदेश कमिटीको हलमा भएको सम्मेलनले झंकर विष्टको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।

Advertisement

नवगठित कमिटीको उपाध्यक्षमा कृष्ण साउद र धिरेन्द्र शाही सचिवमा अक्कल साउद उपसचिवहरूमा रोजी कुँवर र विर्ख रावल चयन हुनु भएको छ । कमिटीको सदस्यहरुमा केशर कुँवर,गंगा साउद,निराजन कुँवर,डम्वर ऐडी,प्रेम थापा ,हेमन्त शाही र छत्र कुँवर चयन हुनु भएको छ ।

Advertisement
Advertisement

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य पूर्व मन्त्री माननिय शेरबहादुर कुँवर, पार्टीका केन्द्रिय सदस्य तथा सुदुर पश्चिम सम्पर्क सम्पर्क कमिटी इञ्चार्ज राधालक्ष्मी खरेल,पार्टीका लेखा परिक्षण आयोगका सदस्य दिर्घराज ढुँगाना,अनेरास्ववियूका उपाध्यक्ष हिरेन्द्र शाही,पार्टीका सुदुर पश्चिम प्रदेश कमिटीका सदस्य डम्वर नेपाली अनेरास्ववियूका केशरी रेग्मी लगायत नेताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Advertisement

विनोद धामीले संचालन गरेको कार्यक्रम मञ्चका अध्यक्ष हर्क विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो