Thursday, July 16

जनताको सेवामा समर्पित हुनुहोस्: माधव नेपाल

नेपालअखबार, गौर। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको सेवामा समर्पित हुन आफ्ना गृह नगरका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ।

Advertisement

आएतबार गौर नगरपालिकाको १२औँ नगर अधिवेशनलाई सम्बोधन गर्दै उहाँले जनप्रतिनिधिलाई रचनात्मक काम गर्न सुझाव दिनु भएको हो। रौतहट क्षेत्र नं १ का सांसदसमेत रहेका नेता नेपालले राम्रो काम गर्ने नगरपालिका, गाउँ पालिकालाई थप विकास रकम उपलब्ध गराउन नेपाल सरकारसँग माग गर्नु भएको छ। उहाँले नगरपालिकाका गरिब घरपरिवारलाई पहिचान र परिचयपत्र प्रदान गरी रोजगारीको अवसर प्रदान गर्न गौर नगरप्रमुखसँग आग्रह गर्नुभयो।

Advertisement
Advertisement

रौतहट जिल्लामै ठूलो समस्याका रुपमा देखिएको मिटरब्याजी पीडितको पक्षमा स्थानीय प्रशासनलाई छिटोछरितो ढङ्गले काम गर्न अध्यक्ष नेपालको आह्वान छ। गौर नगरप्रमुख शम्भु साहले नगर अधिवेशनमा आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। नगरपालिकाका नगर उपप्रमुखका तर्फबाट नगर प्रवक्ता अर्जुन सिंहले आर्थिक वर्ष २०८०-८१ का लागि ६८ करोड ३६ लाखको बजेट प्रस्तुत गर्नु भएको छ।

Advertisement