Thursday, July 30

प्रधानमन्त्री प्रचण्डको दाबी- गठबन्धन पाँच वर्ष टिक्छ

ने पालअखबार,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँच वर्ष सत्ता गठबन्धन टिक्ने दाबी गरेका छन्। प्रचण्ड नेतृत्वको सरकार ढाल्ने गृहकार्य भएको चर्चा चलिरहेको बेलामा धादिङको आदर्श बहुमुखी क्याम्पस भवन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

Advertisement

उनले भने, ‘यो सरकारको आयु कति भनेर पनि मिडियामा हुने नहुने, तपाईँहरूले हेर्नुभएको होला, सुन्नुभएको होला। मैले प्रधानमन्त्रीको हैसियतमा गठबन्धनसँग लगातार भएको बैठकहरू र प्रतिपक्षसँग पनि भएको बैठकको आधारमा पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन। ’ विकासको नयाँ युगतिर देश जाने जिकिर गरे ।

Advertisement
Advertisement

Advertisement