Wednesday, July 29

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

नेपालअखबार, काठमाडाैं। प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ मन्त्रीहरूले दिने कार्यसूची छ।

Advertisement

मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ मन्त्रीहरूले दिने कार्यसूची छ।

Advertisement
Advertisement

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको शीर्षकमाथि उठेका प्रश्नको जवाफ पनि मन्त्रीहरूले दिनेछन्।

Advertisement

सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो। बजेटमा सत्ता गठबन्धनभित्रैका दलहरू सन्तुष्ट छैनन्। उनीहरूले बजेट परिमार्जन या संशोधनको माग गरेका छन्।