Friday, July 3

समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्ने कुरामा प्रचण्डले गहन अध्ययन गर्नुपर्छ : अध्यक्ष नेपाल

नेपालअखबार,  काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्ने कुरामा गहन अध्ययन र खोजी गरी अघि बढ्न आवश्यक रहेको बताएका छन् ।  अध्यक्ष नेपालले जनताको जीवनमा आमूल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका हुन् ।

Advertisement

आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेकाले अब जनताको जीवनलाई सुखी, समृद्ध र जनतालाई समानता, अवसर, रोजगारीको हिसाबले शिरा ठाडो बनाउने कामको जिम्मेवारी पूरा गर्नुपर्ने जिकिर गरे ।

Advertisement
Advertisement

‘हामीले एउटा राजनीतिक क्रान्तिको काम त सम्पन्न गरेका छौँ । तर अर्को महत्त्वपूर्ण काम बाँकी छ । त्यो महत्त्वपूर्ण काम भनेको जनताको जीवनमा आमूल परिवर्तन गर्ने हो । जनताको जीवनलाई सुखी बनाउने, जनताको जीवनलाई समृद्ध बनाउने, जनतालाई वास्तवमा सबै हिसाबले समानताको हिसाबले, अवसरको हिसाबले र शिर ठाडो पारेर हिँड्न सक्ने हिसाबले समर्थ तुल्याउने यी सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिस्ट पार्टीले नै गर्नुपर्ने छ’ नेपालले भने, ‘त्यही कम्युनिस्ट पार्टीका नेताको रूपमा अहिले हामीले प्रधानमन्त्री पाएका छौँ, पुष्पकमल दाहाल प्रचण्डले यो देशको अगुवाइ गर्दै हुनुहुन्छ ।’

Advertisement

अध्यक्ष नेपालले प्रधानमन्त्रीले  समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्ने विषयमा प्रयास गरिरहेको समेत बताए । उनले भने, ‘प्रधामन्त्रीले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने हो ?  यसबारेमा अझै गम्भीर चिन्तनमनन गरेर के गर्दा यो पछाडि परेको अवस्थाबाट माथि उठ्न सक्छ, के गरेर गरिबी, अभाव, बेरोजगारी पीडित जनताहरू, जनताका वेदना र दुःखलाई सम्बोधन गर्न सकिन्छ ? भन्ने सन्दर्भमा उहाँले आफ्नोतर्फबाट प्रयास गर्दै हुनुहुन्छ ।’