Sunday, July 5

एकीकृत समाजवादीका अध्यक्ष नेपाल श्रीलंका प्रस्थान

नेपालअखबार, काठमाडौं ।नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल श्रीलङ्का प्रस्थान गर्नु भएको छ ।  श्रीलङ्कन कम्युनिष्ट पार्टी स्थापनाको ८० औँ वर्ष पुरा भएको सन्दर्भमा आयोजित कार्यक्रमका साथै दक्षिण एसियाली कम्युनिष्ट तथा वामपन्थी पार्टीहरुको बैठक तथा कन्फ्रेन्समा सहभागी हुन आज सोमबार दिउँसो  श्रीलङ्का प्रस्थान गर्नु भएको हो  ।

Advertisement

पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपाल सोमबार दिउँसो श्रीलंका प्रस्थान गर्नु भएको हो ।  त्यहाँ आयोजित दक्षिण एसियाली कम्युनिष्ट पार्टी तथा वामपन्थी पार्टीहरुको बैठक तथा कन्फेन्समा सहभागी हुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

Advertisement
Advertisement

उहाँको अनुपस्थितिमा पार्टी कामको संयोजन गर्नका लागि पार्टीका उपाध्यक्ष  राजेन्द्र प्रसाद पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा. गंगालाल तुलाधरद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Advertisement