Friday, July 3

मेलम्चीमा बाढी, दुई पुलमा क्षति

नेपालअखबार, सिन्धुपाल्चोक । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्‍याएको छ।

Advertisement

गएरातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिए। ‘फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन,’ उनले भने।

Advertisement
Advertisement

फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाँउपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन्।

Advertisement

इन्द्रावती नदीमा भने आज बेलीब्रिजको उद्घाटन हुँदैछ।