Thursday, July 2

कलाकार सारूक ताम्राकार आफ्नै घरमा मृत भेटिए

नेपालअखबार, काठमाडाैं। कलाकार सारूक ताम्राकार मृत भेटिएका छन्। उनी गएराति काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।

Advertisement

३१ वर्षीय ताम्राकार घरको भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाइ झुण्डिएको अवस्थामा मृत  भेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।

Advertisement
Advertisement

प्रहरीले घटनास्थलको मुचुल्का गरी अहिले शव पोष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको एसपी रिजालले जानकारी दिए।

Advertisement

घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताएका छन्। सारुक कलाकार सानु ताम्राकारका छोरा हुन्। सारुकले फिल्म ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानी’ लगायतका फिल्ममा अभिनय गरेका छन्।

उनी हाल फिल्म ‘ह्यासट्याग माया’ को छायांकन गरिरहेका थिए। फिल्ममा उनीसंगै नम्रता श्रेष्ठको मुख्य भूमिका छ।