Friday, July 3

एमालेको अडानपछि आइतबार १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

नेपालअखबार, काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । दिउँसो ३ बजे बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको हो ।

Advertisement

सभामुख देवराज घिमिरेले बैठक सहज रुपमा सञ्चालनका लागि विभिन्न दलका प्रमुख सचेतकहरुसहितको छलफलमा एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न नदिने अडान लिएपछि बैठक अघि नबढाएका हुन् ।

Advertisement
Advertisement

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले भने,‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला । संसद अवरुद्ध हुँदा विधेयक (खासगरी मिटरब्याज सम्बन्धी) निष्क्रिय हुनु राम्रो होइन । तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजीकरण गर्न म तयार छु । पर्सीसम्म सहमति गर्नुहोला । आजको बैठक सूचना टाँसेर स्थगित गरौं ।’

Advertisement

गत असार १८ गते भारतीय मूलका नेपाली व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेको कुरालाई लिएर एमालेले राजीनामा माग गर्दै संसदमा अवरोध गर्दै आइरहेको छ । संसद्को अवरोध हटाउन सभामुख घिमिरेले शुक्रबार विभिन्न चरणमा छलफल गरेपनि एमाले सहमत नभएपछि बैठक स्थगित भएको हो ।

s