Friday, July 3

सिहंदरबार घेर्ने कार्यक्रम स्थगित गर्दै सरकारलाई धन्यवाद

नेपालअखबार, काठमाडौँ । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले सरकारले माग पूरा गरेपछि सिंहदरबार घेर्ने कार्यक्रम स्थगित गरेको छ । सरकारले स्थानीय तहलाई दिँदै आएको वित्तिय समानीकरण अनुदान मध्ये अन्तिम किस्ताको ५० प्रतिशत रकम कतौटी गरेको भन्दै सिंहदरबार घेर्ने कार्यक्रम बनाएकोमा सबै आन्दोलनका कार्यक्रम स्थगित नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले  जानकारी दिए । स्थानीय तहका जनप्रतिनिधिले शुक्रबार सिंहदरबार घेर्ने कार्यक्रम बनाएका थिए ।

Advertisement

सरकारले चालु आर्थिक वर्ष २०७९–८० मा स्थानीय तहलाई दिनुपर्ने वित्तीय समानीकरण अनुदानको अन्तिम किस्ताको ५० प्रतिशत रकम नदिने भएपछि आन्दोलनका कार्यक्रम घोषणा गरिएको थियो । तर बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले ४० प्रतिशत रकम तत्काल पठाउने निर्णय गरेपछि सिंहदरबार घेर्ने कार्यक्रम फिर्ता लिइएको ढुङ्गानाले जानकारी दिए ।  सरकारले सो अनुदान कटौती गरेपछि त्यसबारे अर्थमन्त्रीलाई पनि ज्ञापन पत्र बुझाएको र माग संवोधन नहुने देखेपछि सिंहदरबार घेराउको कार्यक्रम रार्खिको तर सरकारले ४० प्रतिशत अनुदान दिने भएपछि सो कार्यक्रम फिर्ता लिइएको जानकारी दिए ।

Advertisement
Advertisement

साथै महासंघ र संघले आजै एक विज्ञप्ति जारी सरकारको निर्णयको स्वागत गर्दै धन्यवाद समेत दिएका छन् ।

Advertisement