Thursday, July 9

राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले गर्‍यो घरमै पुगेर स्रष्टाको सम्मान

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने स्रष्टालाई घरमै पुगेर ‘विशिष्ट साधक सम्मान–२०८०’ प्रदान अभियान चलाएको छ ।

Advertisement

यसै क्रममा तीन दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा योगदान दिने पहिलो मौरी बाजाबादक खड्ग गर्बुजा, चित्रकार शशीविक्रम शाह र पहिलो रंगीन फिल्म ‘कुमारी’की नायिका अभिनेत्री चैत्यदेवी सिंहलाई निवासमै पुगेर सम्मान दिएको हो ।

Advertisement
Advertisement

सम्मानको क्रममा संस्थाका पदाधिकारीको अलावा सल्लाहकार तथा वरिष्ठ संगीतकार राजु सिंह, सुरेश अधिकारी, समाजसेवी तथा साहित्यकार नमस्तेलाल श्रेष्ठ, चित्रकार ज्योतिप्रकाश, सुभम सैजुलगायत सहभागी थिए ।

Advertisement

‘शारीरिक अस्वस्थताको कारण हिँड्न नसक्ने स्रष्टालाई निवासमै पुगेर सम्मान प्रदान गर्ने अभियान संस्थाले चलाएको हो’ अध्यक्ष राजेन्द्र बजगाईँले भने ।

संस्थाले वार्षिकोत्सवको अवसरमा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र बजगाईँ, उपाध्यक्ष उषा उप्रेती, महासचिव दीपक शर्मा, कोषाध्यक्ष नारायणबहादुर थापा, सदस्यहरु भद्र वली, पुष्कर सुनुवार, मनोज परिवार, बेनिशा पौडेल, प्रतीक्षा काफ्ले, उत्तम अधिकारी, रीता केसी, सिलन लम्साल, सविन सुवेदी, माइकल चन्द, फोटोग्राफर देवराज आचार्य, गीता पाण्डे र संस्थाका आजीवन सदस्य गोपाल ढकाल उपस्थित थिए ।